दोलखाको तामाकोसी गाँउपालिकामा सिकार खेल्न गएका एक युवकको मृत्यु, ६ जना पक्राउ

चरिकोट (दीस) ः दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्कीएर जना ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षिय सन्जीव सार्की रह्नु भएको छ । शनिबार सार्की जंगलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्कीदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
सार्कीले आफैँ बोकेको भरुवा बन्दुक काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेर उनी घाईते भएको जनाएको छ । घाईते सार्कीलाई उपचारको लागि चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याईएको र उनको अस्पतालले मृत घोषणा गरेको थियो । उनीसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा सिकार खेल्न गएका थिए ।

घट्नापछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तामाकोशी गाउँपालिका–३ का १६ वर्षिय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षिय रचेस मुग्राती, १५ वर्षिय सुमन तोलांगि, २२ वर्षिय माधव पोख्रेल, ४२ वर्षिय संजिव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षिय अविदित कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Shares

Be the first to comment on "दोलखाको तामाकोसी गाँउपालिकामा सिकार खेल्न गएका एक युवकको मृत्यु, ६ जना पक्राउ"

Leave a comment

Your email address will not be published.


*