चौँरी पालकलाई प्रोत्साहन अनुदान

चरिकोट(दीस)ः दोलखा र सिन्धुपाल्चोकका चौँरिपालक किसानहरुलाई प्रोत्साहन अनुदान उपलब्ध गराईने भएको छ । बागमती प्रदेश सरकार अन्तर्गत भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र दोलखाले सो अनुदान रकम उपलब्ध गराउने भएको हो ।
दोलखाका एक तथा सिन्धुपाल्चोक जिल्लाका दुई गरी जम्मा तीन पशुपालक, किसान, किसान समूह वा फर्मलाई प्रोत्साहन अनुदान उपलब्ध गराईने कार्यक्रम रहेको भेटेर्निरी तथा पशुसेवा विज्ञ केन्द्र दोलखाले जनाएको छ । पूँजिगत प्रकृतिका पूर्वाधार निर्माणका लागि प्रति एकाई १५ लाखमा नबढ्ने गरी कुल लागत रकमको ८० प्रतिशत सम्म तथा चालु प्रकृतिका सामग्री खरिदमा ५० प्रतिशतसम्म अनुदान दिईने विज्ञकेन्द्रको भनाई छ ।

Shares

Be the first to comment on "चौँरी पालकलाई प्रोत्साहन अनुदान"

Leave a comment

Your email address will not be published.


*