अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि केलिन ब्रोनलाई

चरिकोट (दीस) ः दोलखामा भएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनले जित्नु भएको छ । बुधबार भएको प्रतियोगितामा उहाँले प्रथम हुँदै उपाधि जित्नु भएको हो ।
कालिञ्चोक देखि नागदहसम्मको २६ किलोमिटर दूरी रहेको उक्त प्रतियोगितामा ब्रोनले ५१ दशमलव ०६ मिनेटमा दुरी पार गर्नु भएको थियो । प्रथम हुनु भएका ब्रोनले नगद एक हजार पाँच सय अमेरिकी डलर सहित प्रमाणपत्र ,मेडल प्राप्त गर्नु भएको थियो । प्रतियोगितामा नेपालका राजेश मगरले ५३ दशमल ४१ मिनेटमा उक्त दुरी पार गर्दै दोस्रो स्थान हासिल गर्नु भएको थियो । उहाँले नगद एक हजार अमेरिकी डलर सहित प्रमाणपत्र मेडल प्राप्त गर्नु भएको थियो । त्यसैगरी बेलायतका क्रिस्टोफर केलिग ५४ दशमलव २१ मिनेटमा दुरी पार गरेर तेस्रो स्थान हासिल गर्नु भएको थियो । उहाँले आठ सय अमेरीकी डलर प्राप्त गर्नु भएको थियो ।
प्रतियोगिताको खुला तर्फ नेपालका अरुण कार्की प्रथम हुनु भएको थियो । यही विधामा दोस्रो नेपालकै निकल थिङ र तेस्रो दिनेश मर्हजन हुनु भएको आयोजकले बताएको छ । प्रथम हुनु भएका कार्की ६ सय अमेरिकी डलर, थिङले पाँच सय ५० र मर्हजनले तीन सय ५० अमेरिकी डलर नगद जित्नु भएको थियो । त्यसैगरी जुनियर तर्फ नेपालकै अनिस तामाङ प्रथम हुनु भएको छ । विजयी खेलाडीलाई भीमेश्वर नगरपालिका मेयर ईश्वरनारायण मानन्धरले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिता नेपाल पर्यटन वोर्ड, दोलखाको भीमेश्वर नगरपालिका र यति ओरिजिन्सको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
प्रतियोगिताका तिन इभेन्टमा १७ देशका ९१ साइकिलिष्टहरुको सहभागिता रहेको आयोजकले बताएको छ । ३८४१ मिटर अग्लो कालिञ्चोकबाट सूरु भएको माउन्टेनबाइक रेस ८६० मिटरको नागदहमा पुगेर सकिएको थियो ।

Shares

Be the first to comment on "अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि केलिन ब्रोनलाई"

Leave a comment

Your email address will not be published.


*