रसिया सेनामा मारिएका रोका व्यवसायको ऋण तिर्न रसिया गएका थिए

चरिकोट ः रसियन सेनामा भर्ना भएका दोलखाका एक पुरुषको मृत्यु भएको छ । रसियामा मृत्यु हुनेमा मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका राजकुमार रोका रहनु भएको छ ।
राजकुमारको रुसमा कार्तिक २९ गते मृत्यु भएको मस्को स्थित नेपाली राजदुतावासले जनाएको छ । रोका दुई महिना अगाडि रसियाको भाडाको सेनामा भर्ति हुनु भएको परिवारिक स्रोतले बताएको छ । यस अघि रोका नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्योे । उहाँले ६ बर्ष सशस्त्र प्रहरीको जागिर गरेर वीचमा छोडी काठमाडौमा फर्निचरको व्यवसाय सुरु गर्नुभएको थियो । तर त्यसमा धेरै सफल नभएपछि २ महिना अगाडी मात्र रुस जानु भएको थियो । उहाँ आफुले गरेको व्यवसायको ऋण तिर्न रसिया जानु भएको थियो । रोकाका २ जना सन्तान एक छोरा र एक छोरी रहेको स्थानीय भुपा चापागाईले बताउनु भयो । रुस र युक्रेनको युद्व भएपछि धेरै नेपाली युवा रुस तथा युक्रेनमा भाडाको सेनामा भर्ति हँुदै आएका छन् । सरकारले यस्ता भाडाको सेनामा जान रोक लगाए पनि अबैध तरिकाले जाने र धेरै पैसा आउने आसमा युवाहरु भर्ति हुने क्रम बढीरहेको बताइएको छ ।

Shares

Be the first to comment on "रसिया सेनामा मारिएका रोका व्यवसायको ऋण तिर्न रसिया गएका थिए"

Leave a comment

Your email address will not be published.


*