दमौली, १३ मङ्सिर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ । –––
तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते
Posted By: दीक्षण दैनिक १३ मंसिर २०८०, बुधबार १३:४०
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
७ आश्विन २०८१, सोमबार ०७:२५
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
६ आश्विन २०८१, आईतवार १४:३३
Be the first to comment on "तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते"