एकीकृत समाजवादी दोलखाको अधिवेशन चरिकोटमा हुँदै

चरिकोट(दीस)ः एकीकृत समाजवादी दोलखाको अधिवेशन मंसिर ३० गते देखि पुष १ गतेसम्म हुने भएको छ । अधिवेशन जिल्ला सदरमुकाम चरिकोटमा हुने भएको हो ।
अधिवेशनको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने जिल्ला सचिब अशोक दहालले जानकारी दिनुभयो । अधिवेशन सफल पार्न विभिन्न ९ उपसमिति समेत निर्माण गरिएको सचिव दाहालको भनाई रहेको छ । अधिवेशनकालागि मंसिर २० गते देखि २३ गतेसम्म वडाबाट प्रतिनीधि छनोट गर्ने कार्यतालिका रहेको नेकपा एकिकृत समाजवादी पार्टी दोलखाले बताएको छ । यो अधिवेशनले नयाँ नेतृत्व चयन गने एकीकृत समाजबादी दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "एकीकृत समाजवादी दोलखाको अधिवेशन चरिकोटमा हुँदै"

Leave a comment

Your email address will not be published.


*