राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जानुहुँदै

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ । –––

Shares

Be the first to comment on "राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जानुहुँदै"

Leave a comment

Your email address will not be published.


*