सुपर ओभरमा नेपाल पराजित

चरिकोट (दीस) ः ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाललाई हराउदै उपाधि जितेको छ । घरेलु टोली नेपाललाई आइतवार सुपर ओभरमा हराउँदै उसले उपाधि जितेको हो ।
सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा नेपालले १० रन मात्र बनाएसँगै उपाधि ओमानले जित्न सफल भएको थियो । नेपालले पहिले व्याटिङ गर्दै १ सय ८४ बनाई ओमानलाई जितको लागि १८५ रनको लक्ष्य दिएको थियो । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सन २०२४ मा अमेरिका र वेस्टइन्डिजमा मा हुने टि २० विश्वकप छनोटका लागि भएको यस प्रतियोगिताबाट नेपाल र ओमान विश्वकपका लागि छनोट भएका छन् । कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागि भएका थिए ।

Shares

Be the first to comment on "सुपर ओभरमा नेपाल पराजित"

Leave a comment

Your email address will not be published.


*