मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक खड्का मृत्यु

चरिकोट (दीस) ः भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना परी मंगलबार गौरीशंकर गाउँपालिकाका एक पुरुष मृत्यु भएको छ । मृत्यु हुने पुरुषमा गौरीशंकर गाउँपालिका–५ मुलाबारीका अन्दाजी ४० वर्षिय रामकुमार खड्का रहनु भएको छ ।खड्का आफैले चलाएको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल मंगलबार करिव १२ बजे भीमेश्वर नगरपालिका ७ मा दुर्घटना परेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते हुनु भएका खड्काको चरिकोट स्थीत सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । खड्का काठमाडौबाट दोलखा आउने क्रम दुर्घटनामा पर्नुु भएको थियो । उहाँ भुपु सेना रहेको स्थानीयले बताएका छन् ।

Shares

Be the first to comment on "मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक खड्का मृत्यु"

Leave a comment

Your email address will not be published.


*