जिरी च्याम्पीयनसिप १५ गतेबाट

चरिकोट(दीस)ः जिरी च्याम्पीयन सिप खेल प्रतियोगिता १५ गतेबाट सुरु हुने भएको छ । दोलखाको पर्यटकीय शहर जिरीमा जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा कार्तिक १८ गतेसम्म संचालन हुने जिरी च्याम्पियन सिप १५ गते बाट सुरु हुने भएको हो ।च्याम्पीयनसिपमा बागमती प्रदेशस्तरीय अन्तर पालिका खुल्ला भलिबल प्रतियोगिता,जिरी भ्याली माउन्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइकरेस तथा स्थानीय खेलहरु समावेश गरिएको युवा संञ्जाल जिरीका अध्यक्ष जगदिश खड्काले बताउनु भयो  । भलिबल प्रतियोगिताको प्रथम पुरस्का १ लाख ५१ हजार दोश्रो १ लाख १ हजार तथा तेस्रो ५१ हजार रुपैयाँ रहेको छ । यस्तै सान्त्वना लाई २५ पुरस्कार राशि रहेको छ । अल्ट्रा «याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमस १० हजार, ७ हजार, ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै स्लो बाइक रेसका बिजेताहरुलाई पनि ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको प्रदान गरिने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जिरी च्याम्पीयनसिप १५ गतेबाट"

Leave a comment

Your email address will not be published.


*