“भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको ” को उद्वघाटन


चरिकोट(दीस) – जिल्लाको सबै भन्दा ठुलो सामुदायीक क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पसको “भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको ” को उद्वघाटन गरिएको छ । केन्द्रको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार एक समारोहका विच उद्वघाटन गर्नु भयो । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै सभामुख घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउन ुभएको छ । दोलखा राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने उहाँले जोड दिनु भयो । सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा भनेकै हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान विस्तार गरेर विश्वलाई हेर्ने कुराहरु रहेको बताउदै उहाँले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्वपूर्ण रहेको बताउनुभयो । भूकम्पपछि क्याम्पसले आकर्षक भौतिक संरचना निर्माण गरेको बताउनुहुदै सभामुख घिमिरेले क्याम्पसमा विद्यार्थी संख्या बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । क्याम्पसको शैक्षिक उपलब्धि राम्रो हुँदै गएकोमा घिमिरेले क्याम्पस परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । शनिबार यहाँ आउनु भएका घिमिरे जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । कार्यक्रम क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पुर्व संञ्चार मन्त्री पार्वत गुरुङ,प्रतिनिधीका सांसद इृश्वरी रिजाल ,प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले आफ्नो मन्तव्य गर्नू भएको थियो ।
हिमाली जिल्लाकै पहिलो गौरीशंकर बहुमुखी क्याम्पसमा जिल्लाका ग्रामीण क्षेत्रबाट अध्ययन गर्नका लागी विद्याथीहरु आउने गरेका छन । जिल्ला भित्र मात्र नभई छिमेकी जिल्लाबाट समेत पठनपाठनका लागि विद्यार्थी आउने गरेको क्याम्पस प्रमुख शान्त के.सीले बताउनु भयो । हाल क्याम्पसमा १ हजार ४ सय ३ विद्यार्थीहरु अध्ययरत रहेको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "“भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको ” को उद्वघाटन"

Leave a comment

Your email address will not be published.


*