शर्माको भुमरी उपन्यास विमोचन

चरिकोट(दीस)ः दोलखाकी साहित्यकार शुशिला शर्मा न्यौपानेको “भुमरी ”उपन्यास विमोचन गरिएको छ । शनिवार सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गरी शर्माको सो उपन्यास विमोचन गरिएको हो ।
भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले पुस्तकको विमोचन गर्नु भएको थियो । यस अघि नैं शर्माका २०७१ सालमा पूर्णाङ्की नाटक परिवेश भित्रका मान्छेहरु र २०७६ सालमा पूर्णाङ्की नाटक गन्तव्य प्रकाशित भईसकेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पुस्तकको वारेमा समिक्षात्मक टिप्पणी गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व भानु विद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "शर्माको भुमरी उपन्यास विमोचन"

Leave a comment

Your email address will not be published.


*