सहकारीहरुलाई आवश्यक विवरण असोज महिना भित्र पेश गर्न आग्रह

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले भीमेश्वर नगरक्षेत्र भित्र दर्ता भएका तथा नगरबाहिर दर्ता भई भीमेश्वर नगरमा कार्यक्षेत्र रहेका सहकारीहरुलाई आवश्यक विवरण नगरपालिकामा पेश गर्न आग्रह गरेको छ । भीमेश्वर नगरपालिकाद्वारा पारित सहकारी ऐन २०७४ बमोजिम आवश्यक विवरण पेश गर्न नगरपालिकाले आग्रह गरेको हो ।
सहकारी ऐनमा भएको ब्यवस्था बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र ऐनमा उल्लेखित विवरण पेश गर्नु पर्ने भएकोल सहकारीहरुलाई विवरण पेश गर्न भनिएको भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक खतिवडाले जानकारी दिनुभयो । असोज मसान्त भित्र सहकारीहरुले अनिवार्य रुपमा विवरण पेश गर्नु पर्ने उहाँको भनाई रहेको छ । सहकारी ऐन २०७४ को दफा ५२(२) अनुसार सहकारीहरुले आर्थिक वर्ष समाप्त भएको तिन महिना भित्र संस्थाको कारोबारको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन, वार्षिक योजना तथा कार्यक्रम,बचत तरलताको अवस्था, सञ्चालकको नाम तथा बाँकी कार्यावधीको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पुँजी तथा सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम लागायतका विषय पेश गर्नु पर्ने कानुनी ब्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "सहकारीहरुलाई आवश्यक विवरण असोज महिना भित्र पेश गर्न आग्रह"

Leave a comment

Your email address will not be published.


*