नेपालको आर्थिक बृद्धिदर ३ दशमलब ९ पुग्ने अनुमान

चरिकोट(दीस)ः सन २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलब नौ प्रतिशत पुग्ने अनुमान गरिएको छ । विश्व बैकले बुधवार सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सो अनुमान गरिएको हो ।
आयत प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रमा सुधार हुँदै जानु , मौद्रीक नीतिमा ल्याइएको खुकुलोपन जस्ताकारणले नेपालको अर्थतन्त्रको बृद्धिदर तीन दशमलब ९ पुग्ने प्रक्षेपण विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । कृषि जन्य उत्पादन बृद्धिमा पुग्न सक्ने क्षति, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्ती, मुद्रास्प्रिति, मुल्य बृद्धी जस्ता चुनौति नेपालको अर्थतन्त्र समक्ष रहेको तर्फ प्रतिवेदनमा ध्यानाकर्षण गराइएको छ ।

Shares

Be the first to comment on "नेपालको आर्थिक बृद्धिदर ३ दशमलब ९ पुग्ने अनुमान"

Leave a comment

Your email address will not be published.


*