तेस्रो अधिवेशन सम्पन्न

चरिकोट(दीस)ः अनेरास्ववियु (क्रान्तिकारी) मेलुङ गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । मंगलवार अधिवेशन सम्पन्न भएको हो ।
सम्मेलन संगठनका केन्द्रीय सचिवालय सदस्य चन्द्रकुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनले प्रकाश दियालीको अध्यक्षतामा ४३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरुमा कविराज कार्की तथा प्रशान्त कार्की, सचिवमा गिता मगर, सह–सचिवमा रनिता खड्का,अभिनन्दन परियार तथा सोफिया गोले र कोषाध्यक्षमा सुदिप काफ्ले चयन भएको अनेरास्ववियु (क्रान्तिकारी) मेलुङ गाउँपालिकाले जनाएको छ ।
संगठनका केन्द्रीय सचिवालय सदस्य चन्द्रकुमार लामाको प्रमुख आतिथ्यता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठ, क्रान्तिकारी दोलखाका सह संयोजक विकल खड्काको विशेष अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले प्रकाश दियालीको अध्यक्षतामा ४३ सदस्यिय कमिटी गठन गरेको छ ।

Shares

Be the first to comment on "तेस्रो अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*