एमाले बागमती प्रदेश सदस्यले लिए शपथ

चरिकोट(दीस)ःनेकपा एमाले बागमती प्रदेश सदस्य तथा पदाधिकारीहरुले शपथ लिएका छन् । हालै प्रदेश कमिटिमा निर्वाचित सदस्य तथा पदाधिकारीहरुले काठमाडौंमा शपथ लिएका हुन् ।
नवनिर्वाचित कार्य सामिति सदस्यहरु तथा पदाधिकारीहरुले एक समारोहका विच शपथ लिएको नेकपा एमाले बागमती प्रदेश कमिटीका नवानिर्वाचित सदस्य लक्ष्मण गुभाजुले जानकारी दिनुभयो । शपथ ग्रहण समारोहमा नवनिर्वाचित सदस्य तथा पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष केपी ओली लगायतका नेतारुको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "एमाले बागमती प्रदेश सदस्यले लिए शपथ"

Leave a comment

Your email address will not be published.


*