अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

चरिकोट(दीस)ः नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाएको छ । दोलखामा संञ्ंचालन हुने यातायातका साधनहरुले विद्यार्थीहरुलाई ४५ प्रतिशत भाडा छुट नदिएको तथा टिकट समेत नदिई मन लागि भाडा असुल गरेको बारेमा जिल्ला प्रशासन कार्यालय दोलखाको ध्यानाकर्षण गराउँदै ध्यानाकर्षण पत्र बुझाएको हो ।
विहिवार अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु दोखलाका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो । ध्यानाकर्षण पत्रमा विद्यार्थीलाई अनिवार्य रुपमा ४५ प्रतिशत भाडा छुट दिनु पर्ने, सवारी साधनमा देखिने गरी भाडा सूचि राख्नु पर्ने, यात्रुहरुलाई अनिवार्य टिकट उपलब्ध गराउनु पर्ने , चरिकोट–जिरी तथा चरिकोट–सिंगटीको भाडादर नेपाल सरकारले तोकेको मापदण्डको आधारमा निर्धारण गर्नु पर्ने लगायतका मागहरु उल्लेख छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जथाभावी भाडा अशुल गर्ने तथा विद्यार्थी छुट नदिने काम कतैबाट भएमा आफूलाई सिधै फोन गर्न भन्नु भएको अनेरास्ववियु दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "अनेरास्ववियुले बुझायो ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*