दोलखामा आज थप ४ किलो सुन बरामद

चरिकोट (दीस) ः दोलखामा प्रहरीले आज ४ किलो सुन बरामद गरेको छ । जिल्लाको विगु गाँउपालिका १ लामाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले उक्त सुन वरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख दिपक खड्काले बताउनु भएको छ । उहाँका अनुसार वरामद भएको सुन चरिकोट ल्याइदै छ । प्रहरीले बुधबार ४ किलो , शुक्रबार ३ किलो र आज ४ किलो गरी दोलखाबाट ११ किलो सुन बरामद गरेको छ । प्रहरीले खोजी गरिहेका अन्दाजी २७ बर्षिय अशोक मगरको घर नजिकै रहेको ठुलो ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा आज थप ४ केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेका छन् ।

Shares

Be the first to comment on "दोलखामा आज थप ४ किलो सुन बरामद"

Leave a comment

Your email address will not be published.


*