दोलखा प्रहरीद्धारा थप ३ केजी अवैध सुन बरामद

चरिकोट ः दोलखाको विगु गाउपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको थप ३ केजी सुन आज दिउसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो । अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ कजी सुन बरामद भएको प्रहरी निरिक्षक बिक्रम तामाङले बताए । स्रोतका अनुसार चीनको रोङजिया नाका ठुलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरुस“ग तस्करीगरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी कार्य गरीरहेको छ । आईतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताकालागि खोलिदिएको छ । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यहि नाकाबाट अवैध सुन नेपालतर्फ भित्रिएको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखा प्रहरीद्धारा थप ३ केजी अवैध सुन बरामद"

Leave a comment

Your email address will not be published.


*