नेकपा एमाले बागमती प्रदेशमा दोलखाबाट ५ जना निर्बिरोध निर्वाचित,अरुमा निर्वाचन हुँदै

काठमाडौ (दीस) – नेकपा एमाले बागमती प्रदेशमा दोलखाबाट ५ जना निर्बिरोध निर्वाचित भएका छन् । महिलातर्फबाट दोलखाबाट प्रेम कुमारी चौगागाई , कालिका पाठक , उर्मिला थामी र उर्मिला खड्का निर्वाचित हुनु भएको छ । दलित कलष्टरबाट टेक घतानी पनि निर्बिरोध निर्वाचित हुनु भएको छ । उपाध्यक्ष ईस्वरचन्द्र पोखरेल र उपसचिबमा डबल पाण्डेले उम्मेद्बारी दिनु भएको छ । उपाध्यक्षमा ४ जना र उपसचिबमा ११ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी दोलखाको संघिय २ जना चाहिनेमा ३ जनाको उम्मेद्वारी परेको छ । जसमा भरत के.सी , बालकृष्ण शिवाकोटीको र मदन के.सीको उम्मेद्वारी परेको छ । त्यसैगरी भुगोलमा ३ जना चाहिनेमा ५ जनाको उम्मेद्वारी परेको छ । जसमा केशव चौलागाई , हरिवंश चौलागााई, गुणराज पोखरेल , कृष्ण भुजेल र धमेन्द्र मोक्तानको उम्मेद्वारी परेको छ । त्यसैगरी दोलखा युवा कलष्टरबाट १ जना चाहिनेमा २ जनाको उम्मेद्वारी परेको छ । जसमा उमेश आर्चाय र लक्ष्मण गुभाजूको उम्मेद्वारी परेको छ । निर्बिरोध नभएकामा अहिले निर्वाचन भईरहेको छ । अध्यक्ष सहित अन्य पदमा समेत निर्वाचन भईरहेको छ ।अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल भिड्ने पक्का भइसकेको छ। एमाले बागमतीको सचिवमा पनि अध्यक्षमा जस्तै दुईजनाबीच भिडन्त हुने पक्का भएको छ। सचिवमा ललितपुरमा पूर्वसांसद नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

Shares

Be the first to comment on "नेकपा एमाले बागमती प्रदेशमा दोलखाबाट ५ जना निर्बिरोध निर्वाचित,अरुमा निर्वाचन हुँदै"

Leave a comment

Your email address will not be published.


*