दोलखा प्रहरीद्वारा चार केजी सुन बरामद

चरिकोट(दीस)ः जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन बरामद गरेको छ । प्रहरीले बुधवार बेलुका विगु गाउँपालिका वडा नम्बर तीन जामुने बाट बरामद गरेको हो ।
विहिवार साँझ जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । अभियुक्त हरुलाई पत्रकारसम्मेलन गरी सार्वजनिक गर्ने क्रममा सो प्रकरणमा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा विगु गाउँपालिका वडा नम्बर एकका पेम्बा तामाङ, माधव मगर तथा केशर तामाङलाई घट्ना स्थल नजिकबाट बुधवार बेलुका नैं पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुलाई प्रारम्भिक सोधपुछका क्रममा नुर्व छिरिङ शेर्पा र सुनमाला तामाङको नाम आएपछि उनीहरुलाई चरिकोटको एक होटलबाट विहिवार पक्राउ गरिएको डिएसपी खड्काको भनाई रहेको छ ।
बुधवार बेलुका विगु गाउँपालिका वडा नम्बर तीन जामुनेमा रहेको सीता तामाङको घरमा अबैध सुन तस्करीगरी ल्याई लुकाएको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा सीताको घरमा डेरा गरी वस्ने केशर बहादुर तामाङको डेराबाट सुनजस्तो देखिने करिब चार केजी बरावरको पहेँलो धातु बरामद भएको थियो । उक्त बस्तु सुन हो वा होइन भनी परीक्षण गर्ने मेसिन चरिकोटमा नभएकोले परीक्षणकोलागि सम्बन्धीत निकायमा पठाउने तायारी भईरहेको डिएसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पक्राउ परेका पाँचै जना अभियुक्तहरुलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट आठ दिनको म्याद थप भई अनुसन्धान भइरहेको डिएसपी खड्काको भनाई रहेको छ । यो प्रकरणमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखा प्रहरीद्वारा चार केजी सुन बरामद"

Leave a comment

Your email address will not be published.


*