मानिसलाई घाइते पार्ने राँगोलाई गोली हानी मारियो

चरिकोट(दीस)ः मानिसलाई जथाभावी आक्रमण गर्ने राँगोलाई गोली हानी मारिएको छ । मंगलवार उक्त राँगोलाई प्रहरीले गोली हानी मारेको हो ।
भीमेश्वर नगरपालिका वडा नम्बर पाँच पुछार माटीमा मानिसलाई आक्रमण गर्दै हिँडेको राँगोलाई गोली हानी मारिएको दोलखा प्रहरीले जनाएको छ ।
तल्लो माटीका भगवान बस्नेतको घरमा पालिएको उक्त राँगो फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरी घाईते बनाएको थियो । घाइतेको धुलिखेल शाखा अस्पताल दोलखामा उपचार भइरहेको छ ।
स्थानीयले राँगोलाई नियन्त्रणमा लिने प्रयास गर्दा राँगोले अरू व्यक्तिमाथि समेत आक्रमण गर्न थालेपछि उनीहरुले प्रहरीलाई खवर गरेका थिए । प्रहरी र स्थानीय सहितले राँगो नियन्त्रणमा लिन नसकेपछि राँगोलाई गोलीप्रहार गरीएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "मानिसलाई घाइते पार्ने राँगोलाई गोली हानी मारियो"

Leave a comment

Your email address will not be published.


*