अनेरास्ववियु दोलखामा नयाँ नेतृत्व

चरिकोट(दीस)ः एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसी चयन हुनु भएको छ । संगठनको २३ औं जिल्ला अधिवेशनले केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
शुक्रबार सम्पन्न अधिवेशनको बन्दसत्रले केसीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी चयन गरेको अनेरास्ववियु दोलखाले जानकारी दिएको छ । कमिटीका पदाधिकारीहरुमा उपध्यक्षमा सुबोध पोख्रेल, विजय मोक्तान तथा विपिन्द्र खतिवडा, सचिव सुदिप पोख्रेल, सहसचिवहरुमा विष्णुराज गुरुङ, सुदिप जिरेल तथा प्रमिला दाहाल चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा उमेश रोकाया र कार्यालय सचिव शंकर पाठक चयन हुनु भएको छ ।

Shares

Be the first to comment on "अनेरास्ववियु दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*