माथिल्लो तामाकोसी जलविद्युतको हकप्रद शेयर असोज २२ गतेसम्म भर्न सकिने

चरिकोट (दीस) ः माथिल्लो तामाकोसी जलविद्युतको हकप्रद शेयर असोज २२ गतेसम्म भर्न सकिने भएको छ । यस अघिमाथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन भदौ १८ देखी असोज ७ गतेसम्म भर्न पाउने व्यवस्था गरिएको थियो । यस अबधिमा स्थानाीय शेयरकर्ता शेयरमा आर्कषण कम भएपछि धितो पत्र निष्काशन विक्री प्रवन्धक कम्पनी नागरिक लगानी कोष तथा धितो पत्र निष्काशन विक्री सहप्रवन्धक कम्पनी सनराइज क्यापिटलले आज एक सुचना जारी गदेै म्याद थपिएको जानकारी दिएका छन् । आयोजनाले कम्पनी चुक्ता पँुजि बृद्धि गर्न तथा निर्माणाधिन रोलवालिङ डाइभर्शन तथा २१ मेगावाटको रोलवालिङ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन १ः१ का दरले हकप्रद शेयर विक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी रु १० अर्ब ५९ करोड १०० बराबर छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको कूल चुक्ता पुँजी रु २१ अर्ब १८ करोड २०० बराबर पुग्नेछ । आयोजना निर्माण सम्पन्न हुँदा रु ८८ अर्ब बराबरको खर्च भएको छ । कम्पनीको कूल लागत रु ५२ अर्ब बराबर पुगेको छ । त्यसमा ब्याज र अन्य थप खर्च थप जोड्दा रु ८८ अर्ब बराबर पुगेको बताइएको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई÷दुई प्रतिशत शेयर रहेको छ । यस्तै सर्वसाधारणको १५ प्रतिशत दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ । कम्पनीका संस्थापक शेयर धारकहरुले हकप्रद शेयर बापतको रकम जम्मा गरिसकेका छन् ।
कम्पनीले हकप्रद शेयरमा आवेदन खुलाएसँगै डिम्याट खाता नखोलेको दोलखाका स्थानीय शेयर प्राप्त गरेका शेयर धनिहरुको कम्पनीले तोकेको बैकमा गएर आवदेन दिन सक्ने छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्मित पहिलो ठूलो जलविद्युत आयोजना हो । यसको क्षमता ४५६ मेघावाट रहेको छ । देशमा लोडसेडिङ भइरहेको समयमा यो आयोजनाको निर्माणले लोडसेडिङ घटाउन ठूलो भूमिका खेलेको थियो । रोलवालिङ डाइभर्सन तथा सो डाइभर्सनको निर्माणकै क्रममा निर्माण हुने रोलवालिङ जलविद्युत आयोजनाबाट थप २१ मेघावाट जलविद्युत थपिने छ भने सुक्खा याममा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा पानी थपिने छ । जस्ले पिक आवरमा विद्युत उत्पादन बढाउन मद्दत गर्ने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसी जलविद्युतको हकप्रद शेयर असोज २२ गतेसम्म भर्न सकिने"

Leave a comment

Your email address will not be published.


*