साधारणसभा सम्पन्न

चरिकोट (दीस) ः पौरखी कृषि सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित चोथाङ्गमा मुख्य कार्यालय रहेको सहकारीको साधारणसभाको प्रदेश सांसद भरत के.सीले एक समारोहका वीच उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुँदै साँसद केसी देशमा आर्थिक मन्दी रहेको बेला व्यवसायीलाई केही सहज गर्ने वातावरण बनाउन उहाँले वित्तिय संस्थालाई आग्रह गर्नु भयो । केसीले यही बेला कौडीको भाउमा धितो लिलाम गर्ने र ऋणीलाई घरबारविहीन बनाउने गरी बैंकहरु मिटरब्याजी नबन्न आग्रह गर्नु भयो । संस्थाका अध्यक्ष हरिहरप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा सांसद केसी, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नविन लामा, पौरखी साकोसका उपाध्यक्ष विष्णुप्रसाद खतिवडा, जुनतारा कृषि सहकारी संस्थाकी अध्यक्ष अनिता श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण स भामा कोषाध्यक्ष गोकुलप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन र गोकर्ण बस्नेतले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीमा कुल पुँजी २० करोड ९३ लाख १९हजार रुपैया र १५ करोड २२ लाख ३० हजार बचत निक्षेप रहेको रहेको बार्षिक प्रतिवेदन उल्लेख गरिएको छ । संस्थामा ४ हजार भन्दा बढी सदस्य रहेको जनाइएको छ ।

Shares

Be the first to comment on "साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*