पेप्सीकोलामा सवारी दुर्घटनामा परी दोलखाकी एक महिला सहित २ को मृत्यु

काठमाडौँ, ः काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी दोलखाका घर भएकी एक महिला सहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ७ सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा भण्डारी रमोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई रहेका छन् । त्यसैगरी दुर्घटनमा १४ जना घाइते भएका छन् । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए ।दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

Shares

Be the first to comment on "पेप्सीकोलामा सवारी दुर्घटनामा परी दोलखाकी एक महिला सहित २ को मृत्यु"

Leave a comment

Your email address will not be published.


*