डेंगु संक्रमणका कारण दोलखाकी एक महिलाको मृत्यु


चरिकोट (दीस) ः जिल्लाको वैतेश्वर गाउँपालिकाकी एक महिलाको डेंगु संक्रमणबाट कारण मृत्यु भएको छ । बैतेश्वर गाँउपालिका वडा ३ की ४० वर्षीया कल्पना राउतको डेंगु संक्रमणबाट मृत्यु भएको स्थानीय इराज राउतले जानकारी दिनु भयो । राउतका अनुसार उहाँलाई ज्वरो आएपछि सोमबार बैतेश्वर अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा डेंगुको शंका लागेर परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । अस्पतालले उहाँलाई थप उपचारको लागि काठमाडौ रिफर गरिएको थियो । उहाँको काठमाडौंको सिनामगंलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको परिवारीक स्रोत बताएको छ ।

Shares

Be the first to comment on "डेंगु संक्रमणका कारण दोलखाकी एक महिलाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*