छुट्टाछुटै घटनामा दोलखाका दुई जनाको मृत्यु

चरिकोट (दीस) ः दोलखाका २ पुरुषको छुट्टाछुटै घटना मृत्यु भएको छ । जिल्लाको मेलुङ गाउँपालिका–१ पवटीका अन्दाजी ३५ वर्षिय निर्मल बुढाथोकी मंगलबार काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नम्बर २ को ढुङखर्कमा मृत फेला पर्नु भएको छ । काभ्रे प्रहरीका अनुसार बुढाथोकीको शव सिंचाईको नहरमा फेला परेको छ । उहाँको शव हाल पोष्टमर्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बुढाथोकी मृत्युको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले बताएको छ । त्यसैगरी जिल्लाको गौरीशंकर गाउँपालिकामा करेन्ट लागेर घाइते भएका एक पुरुषको मृत्यु पनि उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । सो पालिकाका वडा नम्बर २ जुँगुका ४१ बर्षिय दिपबहादुर खड्काको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । खड्कालाई गत साउन ३० गते करेन्ट लागेको थियो ।उहाँको काठमाडौ स्थीत ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

Shares

Be the first to comment on "छुट्टाछुटै घटनामा दोलखाका दुई जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*