आन्दोलन परिचालन समिति गठन

चरिकोट(दीस)ः नेपाल शिक्षक महासंघ जिल्ला कार्य समति दोलखाले जनआन्दोलन परिचालन समिति गठन गरेको छ । प्रस्तावित शिक्षा विधेयकमा राखिएका प्रावधानहरु शिक्षकहरुको पेशागत हित प्रतिकुल भएको भन्दै देशब्यापी आन्दोलनमा रहेको महासंघले तेस्रो चरणको आन्दोलन सुरु गर्न दोलखामा आन्दोलन परिचालन समिति गठन गरेको हो । पहिलो र दोस्रो चरणको आन्दोलन गरिसकेको शिक्षक महासंघले सरकारले संसदमा विधेयक पेश गरेको ५ दिनपछि काठमाडौं केन्द्रीत आन्दोलन गर्नका लागि आन्दोलन परिचालन समिति गठन गरेको नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष पदम जिरेलले जानकारी दिनुभयो । आन्दोलन परिचालन समितिमा शिक्षक महासंघ दोलखाका अध्यक्ष संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको उहाँको भनाई रहेको छ ।
आन्दोलन परिचालन समितिका अन्य सदस्यहरुमा नेपाल शिक्षक महासंघ दोलखाका सचिव भगवान वस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन दोखलाका अध्यक्ष सञ्जय खड्का, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धर, एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाका अध्यक्ष सन्तोष खड्का तथा नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष जीवन चाकुबजी रहनु भएको छ । यसै गरी सल्लाहकारहरुमा शङ्कर लाल श्रेष्ठ, गिता शिवाकोटी तथा रामबहादुर खड्का रहनु भएको छ ।

Shares

Be the first to comment on "आन्दोलन परिचालन समिति गठन"

Leave a comment

Your email address will not be published.


*