भुटानमा हुने साफ यु १६ मा दोलखाका २ जना खेलाडीका छनोट

चरिकोट(दीस) ः भुटानमा हुने साफ यु १६ मा दोलखाका २ जना खेलाडीका छनोट भएका छन् । दोलखाका राम थामी र लक्ष्मण थामी सो प्रतियागिताको लागि छनोट भएको जिल्ला फुटलब संघ दोलखाका अध्यक्ष कौरब पाण्डे बताउनु भयो । प्रतियोगिता भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुन गईरहेको छ । साफ यु १६ च्याम्पियनसिपतर्फ नेपाल समूह समुह ए मा रहेको छ । नेपालले पहिलो चरणमा भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल गत संस्करणको उपविजेता पनि हो । त्यस्तै समूह बी मा भने आयोजक भुटानसहित माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रतियोगिताको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सहायक प्रशिक्षकमा दोलखाका सिताराम घिमिरे नियुक्त हुनु भएको उहाँले जानकारी दिनु भयो । टोलीको मुख्य प्रशिक्षकमा भने रविन्द्र सिलाकार रहेका छन् ।

Shares

Be the first to comment on "भुटानमा हुने साफ यु १६ मा दोलखाका २ जना खेलाडीका छनोट"

Leave a comment

Your email address will not be published.


*