जनमुखी सहकारीले विद्यार्थीलाई छात्रबृत्ति दिने

चरिकोट(दीस)ः जनमुखी सहकारी संस्थाले विद्यार्थीहरुलाई छात्र बृत्ति प्रदान गर्ने भएको छ । संस्थाका सदस्य रहेका सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारीले छात्रबृत्ति दिने भएको हो । सामूदायिक विद्यालयमा आधारभूत तह देखि स्नातकतहसम्म अध्ययनरत संस्थामा सदस्य रहेका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई शिक्षणसंस्थाको सिफारिसमा छात्रबृत्ति प्रदान गरिने जनमुखी सहकारी संस्थाले बताएको छ । संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ छात्रवृति प्रदान गर्ने उदेश्यका साथ विवरण माग गरेको हो । संस्थाको आर्थिक बर्ष २०८०। ८१ को बार्षिक कार्यक्रम अनुसार संस्थामा सदस्य रहेका विद्यार्थी मध्ये कार्यक्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाइ छात्रवृति प्रदान गरिने संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालय आधारभूत तह, माध्यमिक तह, कक्षा ११ र १२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाइ छात्रवृति प्रदान गरिने छ । संस्थाले आगामी भाद्र३० गतेदेखि क्षेत्रगत रुपमा साधारण सभा गर्ने र त्यही दिन विद्यार्थीहरुलाइ पनि छात्रवृति प्रदान गर्ने उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "जनमुखी सहकारीले विद्यार्थीलाई छात्रबृत्ति दिने"

Leave a comment

Your email address will not be published.


*