आठौंँ जिल्ला सभा सम्पन्न

चरिकोट(दीस)ः जिल्ला समन्वय समिति दोलखाको आठौंँ जिल्ला सभा सम्पन्न भएको छ । आइतवार जिसस दोलखाको सभाहलमा जिल्ला सभा सम्पन्न भएको हो ।
जिल्ला सभामा जिल्ला समन्वय समितिले खेलेको भूमिका तथा जिल्लाका विकास निर्माणका गतिविधिवारे छलफल गरिएको जिल्ला समन्वय अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । जिल्ला सभाको उद्घाटन पूर्व मन्त्री जनार्दन शर्माले गर्नुभएको थियो । जिल्ला सभामा जिल्लाबाट निर्वाचित प्रदेश सभाका सदस्यहरु,नौ वटै स्थानीयतहहरुका प्रमुख उप्रमुख लगायतको उपस्थिति रहेको थियो । सभा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "आठौंँ जिल्ला सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*