चरिकोट खानेपानी उपभोक्ता समितिले भीमेश्वर नगरलाई बुझायो ध्यानाकर्षण पत्र

बाबुराम शर्मा,
चरिकोट ः
आइतबार दोलखाको सदरमुकाम स्थितको चरीकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भीमेश्वर नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । तीन दशकभन्दा बढीदेखि नगरवासीलाई पानी उपभोग गराइरहेको समितिलाई नगरले रद्द गर्ने आशय देखाएपछि सोको विरोधमा ध्यनाकर्षणपत्र बुझाइएको समिति अध्यक्ष बद्रीकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नगरप्रमुखको कार्यकक्षमै बुझाइएको ध्यानाकर्षणपत्रमा २०४९ सालदेखिनै सकृय समितिलाई कुनै कारणविना नै र कुनै अवसर नदिई एक्कासि रद्द नगर्न उपभोक्ता समेतका तर्फबाट ध्यानाकर्षण गराइएको छ । उपभोक्ताको हितलाई सम्बोधन नगरी एकलौटी निर्णय गरे उपभोक्ताहरु आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ । वार्षिक साधारणमार्फत नगरपालिकाका प्रस्ताव उपर छलफल गरी बहुमतले गरेको निर्णय पेस गर्ने पनि ध्यानाकर्षपत्रमा उल्लेख रहेको समिति अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । ध्यानाकर्षपत्र बुझदै नगरप्रमुख ईश्वरनारायण मानन्धरले भन्नु भयो, “नगरले नगरवासीको अहित हुने काम कहिल्यै पनि गर्दैन । शुद्ध स्वास्थ्य पानी सहुलियत दरमा प्रयोग गराउनु नगरको दायित्व पनि हो । नगरले सँधै सहमतिमा मात्र काम गर्ने वचनवद्ध गर्न चाहन्छु । ” नगरमा रहेका खानेपानी समिति र खानेपानी संस्थाले बेलैमा आआफ्नो साधारण सभा सम्पन्न गरी नगरलाई जानकारी दिन र शुद्ध स्वास्थ्य पानी सहुलियत दरमा प्रयोग गराउनु समितिको पनि जिम्मेवारी रहेको उहाँले स्पष्ट पार्नु भयो ।

Shares

Be the first to comment on "चरिकोट खानेपानी उपभोक्ता समितिले भीमेश्वर नगरलाई बुझायो ध्यानाकर्षण पत्र"

Leave a comment

Your email address will not be published.


*