तामाङ पत्रकार संघ दोलखामा नयाँ नेतृत्व चयन,अध्यक्षमा फुर्वा र सचिवमा अनिता

राजकुमार भुजेल(निर), दोलखा ४ भदौ। तामाङ पत्रकार संघ दोलखामा नयाँ नेतृत्व चयन गरेको छ। सोमबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको भेलाले फुर्वा तामाङको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा प्रेम तामाङ,सचिव अनिता लामा , सहसचिवमा प्रदिप तामाङ ,कोषाध्यक्ष अजय तामाङ तथा सदस्यहरुमा प्रजय तमाङ,सबिता तामाङ, बुद्धिविर तमाङ र रस्मिता तामाङ चयन भएका छन्। मेलुङ्ग गाउँपालिकाका अध्यक्ष हिरा थोकर को प्रमुख आतिथ्यता एवम् पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जिवन लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।‌ कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष अर्जुन तामाङ,प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल,प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले लगाएतले मन्तब्य ब्यक्त गरेका थिए।

Enter

Shares

Be the first to comment on "तामाङ पत्रकार संघ दोलखामा नयाँ नेतृत्व चयन,अध्यक्षमा फुर्वा र सचिवमा अनिता"

Leave a comment

Your email address will not be published.


*