१४ जनालाई विभागीय सदस्यको जिम्मेवारी


चरिकोट(दीस)ः नेपाली काँग्रेस दोलखाको युवा तथा खेलकुद विभागको सदस्यमा चौध जनालाई मनोनित गरिएको छ । श्रावण ३० गते उहाँहरुलाई विभागको सदस्यमा मनोनयन गएिको हो ।
नेपाली कांग्रेस दोलखाको तरुण युवा तथा खेलकुद विभागको सदस्यहरु चौध जनालाई मनोनयन गरिएको विभागका प्रमुख पदमराज पाठकले जानकारी दिनुभयो । मनोनित सदस्यहरुमा हरि योगी, श्री निरज कसोजु, सन्सार भुजेल, सुन्दर खड्का, सुजता दहाल, समिर मोक्तान, सन्देश कोईराला, चन्द्र नारायण श्रेष्ठ तथा श्री नेत्र बस्नेत रहनु भएको छ । यसैगरी मनोनित अन्य सदस्यहरुमा बासु खड्का, सुजन तमाङ,रोमा बिसुन्के, सुमित्रा मिजार तथा रोशन लामिछाने रहनु भएको विभगीय प्रमुख पाठकले बताउनु भयएको छ ।

Shares

Be the first to comment on "१४ जनालाई विभागीय सदस्यको जिम्मेवारी"

Leave a comment

Your email address will not be published.


*