दोलखाको बिगु पहिरो : बाबुछोरा दुवैको शव भेटियो

राजकुमार भुजेल, दोलखा २९ साउन। आइतबार दिउँसो दोलखाको बिगु गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका बाबु छोरा दुवैको शव फेला परेको छ। आइतबार दिउँसो करिब साडे १२ बजे गाउँपालिकाको वडा न ७ का ३५ वर्षीय निमदोर्जे शेर्पा र उनका १२ वर्षिय छोरा पासाङ शेर्पा गाउँको तिनपाटे जङ्गलमा निगुरो टिप्नने क्रममा उनीहरुलाई माथिबाट आएको पहिरोले सोरेर खोलामा पुराएर बेपत्ता भएकोमा उनीहरु दुवै शव फेला परेको हो। बेपत्ता भएका बाबुछोरा मध्ये छोराको शव हिजो बेलुका तिनपाटे तलको ठुलो खोलामा मुडाको चेपमा शव फेला परेको र आज बाबु लाइ खोजि गर्ने क्रममा छोरालाई भेटिएको केहि तल दहको चेपमा शव फेला परेको वडा अध्यक्ष दल बहादुर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले आबु छोरा दुवैको शवलाइ सदरमुकाम चरिकोट ल्याउने तयारी भइरहेको छ।

Shares

Be the first to comment on "दोलखाको बिगु पहिरो : बाबुछोरा दुवैको शव भेटियो"

Leave a comment

Your email address will not be published.


*