जीवन लामालाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

चरिकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका संस्थापक अध्यक्ष जीवन लामा ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ बाट पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी जनजाटि पत्रकार महासंघ, संघिय कार्यसमितिले प्रदान गर्ने सो पुरस्कारबाट लामा पुरस्कृत भएका हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा लामासहित अन्य पत्रकारहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको हो ।

लामा नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष, कालिञ्चोक एफ.एमका स्टेशन म्यानेजर, चरिकोट मिडिया फाउन्डेसनका सञ्चालक हुन् ।

Shares

Be the first to comment on "जीवन लामालाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार"

Leave a comment

Your email address will not be published.


*