दोलखाका सार्वजनिक यातयातमा भाडा लिस्ट नटाँसे तीनहजार जरिवाना गर्ने

चरिकोट(दीस)ः पूर्व अरनिको यातायातका बसमा भाडाको लिस्ट नटाँसेको पाइएमा बस ब्यावसायीलाई तीनहजार जरिवाना गरिने भएको छ । बसमा भाडा लिस्ट नटाँसिएको पाइएको गुनासो यात्रुहरुबाट आएकोले भाडालिस्ट नटाँस्ने बसका धनीलाई तीनहजार रुपैयाँ जरिवाना गरिने भएको हो ।
यात्रुहरुबाट भाडालिस्ट नटाँसिएको गुनासो आएपछि अनिवार्यरुपमा प्ूर्व अरनिको यातातायको यात्रु बाहक वसमा भाडालिस्ट टाँस्न निर्देशन दिएको पूर्व अरनिको यातायात प्रालिका सदस्य सचिव प्रभु थापाले जानकारी दिनुभयो । कम्पनीद्वारा गरिएको चेकजाँचको क्रममा भाडालिस्ट नराखिएको पाइएमा तीनहजार जरिवान गरिने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखाका सार्वजनिक यातयातमा भाडा लिस्ट नटाँसे तीनहजार जरिवाना गर्ने"

Leave a comment

Your email address will not be published.


*