दोलखामा ८७ प्रतिशत भू–भागमा धान रोपाइँ सम्पन्न

राजकुमार भुजेल (चरिकोट ) ः दोलखामा यो बर्ष ८७ प्रतिशत भू–भागमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत नन्दराज ओलीका अनुसार दोलखा जिल्लाका विभिन्न स्थानमा करिव ८७ प्रतिशत भु –भागमा मात्रै धान रोपाईँ सकिएको छ । विगतको बर्ष भन्दा यो बर्ष बर्षा हुन ढिलाई भएको र गाई बस्तुमा लम्पी स्कीनको संक्रमण देखिएकोले कारण धान रोपाइँमा केही ढिलाई भएको उहाँले बताउनु भयो । जिल्लाका ९ वटै स्थानीय तहको तल्लो भू–भागमा धान उत्पादन हुने गरेको छ । दोलखामा यस वर्ष २ हजार ९ सय १ हेक्टर भू–भागमा धान खेती हुने अनुमान गरिएको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा ८७ प्रतिशत भू–भागमा धान रोपाइँ सम्पन्न"

Leave a comment

Your email address will not be published.


*