(एकीकृत समाजवादी) दोलखाले तीन वटै सरकारलाई बुझायो ध्यानाकर्षणपत्र


चरिकोट (दीस) ः (एकीकृत समाजवादी) दोलखाले बिभिन्न माग राख्दै तीन वटै सरकारको ध्यानाकर्षण गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै सो पार्टीले तीनवटै सरकारको ध्यानाकर्षण गराएको हो । चरिकोटमा हालै बसेको जिल्ला कमिटी बैठकले नागरिकमा रहेको समस्या सन्र्दभमा देशमा रहेका तीन वटै सरकारको ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो । सो पार्टीले बुझाएको ध्यानाकर्षणपत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रण गर्न माग गरेको छ । संक्रमणका कारण पीडित किसानहरुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सबै सरकारसँग र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
भुटानी शरणार्थी प्रकरणमा अपराधमा संलग्न भएकाहरुलाई यथाशक्य चाँडो कानुनको कठघरामा उभ्याई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको सो पार्टीका अध्यक्ष भीम दहालले जानकारी दिनु भयो । त्यसैगरी ललिता निवास जग्गा प्रकरण सम्बन्धमा संमग्नलाई कडा कारवाही माग गरिएको छ ।
सुन प्रकरण सम्बन्धमा अन्तराष्ट्रिय विमानस्थल जस्तो संवेदनशील ठाँउबाट क्विन्टलका क्विन्टल सुन पास हुनु अनौठौ भएको र सामान्य नागरिकलाई दोषी देखाएर सरकार पन्छन नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सुन काण्डामा मुछिएका सबैलाई कारवाही गर्न सो पाटीले माग गरेको छ । मिटर व्याजका कारण अहिले पनि निमुखा नागरिक परेकोले मिटर व्याजीलाई कडा कारवाही गर्न माग गरिएको अध्यक्ष दहालले बताउनु भयो । त्यसैगरी केही समयपछि खुल्न लागेको माथिल्लो तामाकोशीको हकप्रद शेयर दोलखाका स्थानीय सबै लगानीकर्ताले सहज रुपमा प्राप्त गर्ने वातावरण बनाउन माग गरिएको दहालले बताउनु भयो । त्यस्तै ,खरीढुङगा चुनढुङगा उद्योग संञ्चालन गर्न तथा तामाकोशी तेस्रो जलविद्युत आयोजना छिटो निर्माण अगाडी बढाउन सो पार्टीले आग्रह गरेको छ । महङगी कारण नागरिकको दैनिक जीवनमा असर परेको सो नियन्त्रण गर्न तीन वटै सरकारसँग माग गरिएको अध्यक्ष दहालले बताउनु भयो ।

Shares

Be the first to comment on "(एकीकृत समाजवादी) दोलखाले तीन वटै सरकारलाई बुझायो ध्यानाकर्षणपत्र"

Leave a comment

Your email address will not be published.


*