किसानलाई विरुवा वितरण

चरिकोट(दीस)ः बैत्यश्वर गाउँपालिका वडा नम्बर आठ क्षेत्रपाका स्थानीयहरुलाई फलफूलका बिरुवा बितरण गरिएको छ । किसानहरुलाई गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार फलफूलका विरुवा वितरण गरिएको हो ।
वडाका स्थानीयहरुलाइ भूगोल र बाताबरण अनुसार उपयुक्त हुने फलफुल र घाँसका ४ हजार भन्दा बढी बिरुवा बितरण गरिएको वडा अध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिनुभयो । जिरेलका अनुसार कागती ६ सय ,अम्वा ६ सय , कटुसका ७ सय ओखरका २ सय , नेपियर घासका एक हजार र सुपर नेपियर घासका एक हजार गरेर ४ हजार १ सय बिरुवा वडाका स्थानीय कृषकहरुलाई बितरण गरिएको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "किसानलाई विरुवा वितरण"

Leave a comment

Your email address will not be published.


*