सर्व माविमा बाली विज्ञान निःशुल्क शिक्षण

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर चार स्थित सर्व माध्यमिक विद्यालयले सुरु गरेको तीनवर्षे बाली विज्ञान (प्राविधिक धार) मा भीमेश्वर नगरका विद्यार्थीले निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गरेको छ  । नगरका विद्यार्थीहरुले सहज ढंगले प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्न सकुन भन्ने उद्देश्यले विद्यालयले निःशुल्क अध्ययन गर्ने अबसर प्रदान गरेको हो ।
भीमेश्वर नगर पालिकालाई आधुनिक कृषिको हब वनाउन मद्दत पु¥याउने उद्देश्यले पैसाको अभावमा नगरका बालबालिका प्राविधिक धारको अध्ययन गर्न बाट बञ्चित नुहुन भनी विद्यालयले निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गरेको सर्व माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशवराज चौलागाईंले जानकारी दिनुभयो ।
४० जना विद्यार्थीको कोटा भए पनि विद्यार्थी थोरै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुने गरेको छ । भीमेश्वर नगरपालिकाका विद्यार्थीलाई निःशुल्क र नगर बाहिरबाट आउनेलाई भर्नामा पाँच हजार र मासिक एक हजार रुपियाँ शुल्क लिई शिक्षण गर्न लागिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई आवास पनि निःशुल्क उपलब्ध गराईने गरिएको विद्यालयको भनाई रहेको छ । विद्यालयमा विसं २०७० देखि कक्षा ९ र १० मा पनि कृषि प्राविधिक धारमा अध्यापन हुदै आएको छ ।

Shares

Be the first to comment on "सर्व माविमा बाली विज्ञान निःशुल्क शिक्षण"

Leave a comment

Your email address will not be published.


*