दोलखा नापी कार्यालयका पूर्व प्रमुख पुरी विरुद्द मुद्दा दायर

चरिकोट(दीस)ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखा नापी कार्यालयका पूर्व प्रमुख राजु पुरी विरुद्ध अख्तियारको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । हाल नापी कार्यालय चावहिलमा कार्यरत पुरीलाई अख्तियारले आइवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पुरीसँग भएको मध्ये १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेकाले मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता भोला दहालद्वारा आइतवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले सो प्रेस विज्ञप्ति आयोगको वेबसाइटमा राखेको छ ।

Shares

Be the first to comment on "दोलखा नापी कार्यालयका पूर्व प्रमुख पुरी विरुद्द मुद्दा दायर"

Leave a comment

Your email address will not be published.


*