गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन

चरिकोट(दीस)ःगौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । हृदयाघातको कारण तामाङको आइतवार काठमाडौमा निधन भएको हो । तीन दिनअघि तामाङको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उचारक ालागि भर्ना गरिएको थियो ।
उपाध्यक्ष तामाङ नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत हुनु हुन्छ । गौरिशंकर गाउँपालिका वडा नम्बर छ का स्थायी बासिन्दा तामाङ को उपचारका क्रममा गंगालाल हृयरोग केन्द्रमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तामाङ स्वच्छ छविका काँग्रेस नेताका रुपमा परिचित हुनु हुन्थ्यो । यसैविच जिल्ला समन्वय समिति दोलखा, नेपाली काँग्रेस दोलखा लगाएतले तामाङको निधनप्रति शोक ब्यक्त गर्दै शोक बक्तब्य निकालेका छन् ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन"

Leave a comment

Your email address will not be published.


*