“भूमी प्रशासनमा सुचना तथा प्रविधीको प्रयोग” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

चरिकोट (दीस) ः ’भूमी प्रशासनमा सुचना तथा प्रविधीको प्रयोग” सम्बन्धी अन्तरक्रिया कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको आयोजनामा विहिबार सम्पन्न भएको अन्तरक्रिया कार्यक्रम मालपोत कार्यालय दोलखाका प्रमुख धन कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

जिल्ला मालपोत कार्यालय दोलखाका कर्मचारीहरुको लागि दिइएको अन्तरक्रियामा विभाग कर्मचारी प्रशासन शाखाका निर्देशक कृष्ण प्रसाद भण्डारीले कार्यालयबाट सुचना प्रविधीमा हुने सेवा प्रवाह तथा त्यसमा हुने समस्या समाधानको उपायको बारेमा जानकारी दिनु भएको थियो । कम्युटर अधिकृत हरिसरण थापाले सुचना प्रविधीमा मालपोत कार्यालयमा प्रयोग हुने पिएम , एलआरआइएस, र डिएमएसको प्रयोग तथा कानुन अधिकृत गोकुल भुजेलले भूमि सुधारको क्षेत्रमा कार्यालयको कानुनी प्रक्रियाबारेमा सहभागिलाई जानकारी दिनु भएको मालपोत कार्यालय दोलखाका कम्युटर अपरेटर अर्जुन चौँगागाईले जानकारी दिनु भयो । कार्यक्रमको सहजीकरण शोभाखर आर्चायले गर्नु भएको उहाँले जानकारी दिनु भयो ।

अन्तक्रियाले सुचना प्रविधीको कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सहज भएको मालपोत कार्यालय दोलखाका नायब सुब्बा लेखनाथ चौँगागाईले जानकारी दिनु भयो । उहाँँका अनुसार अन्तरक्रियाले पुराना कर्मचारीलाई पुर्नताजगी भएको छ भने नयाँ कर्मचारीलाई सुचना प्रविधी प्रयोग गर्न सहजता भएको छ ।

Shares

Be the first to comment on "“भूमी प्रशासनमा सुचना तथा प्रविधीको प्रयोग” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*