दोलखामा लम्पी स्किन रोगले २ हजार बढी पशुहरु संक्रमित , ५२ वटा पशु मरे

राजकुमार भुजेल (निर), दोलखा। लम्पी स्किन रोग नेपालभरी नै अहिले फैलिरहेको गाईभैसीमा लाग्ने लम्पी स्किन रोग दोलखामा अहिले तिव्र रुपमा फैलिरहेको छ । जिल्लामा गत जेठ महिना बाट प्रवेश गरेको गाईभैसीमा लाग्ने लम्पी स्किन रोगका कारण हालसम्म जिल्लामा ५२ वटा पशु मरेका छन । जिल्लाको मेलुङ गाउपालिका र शैलुङ गाउपालिका बाहेक अन्य ७ वटा स्थानीय तहहरुमा ५२ वटा पशुहरु मरेका हुन । केहि समय देखी माहामारीको रुपमा फैलिएको यस रोगका कारण दोलखामा ४२ वटा पशु मरेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाका निमित्त प्रमुख पलट चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हाल २ हजार ८ सय ८४ वटा पशुहरु संक्रमित भएका छन । जसमा सबैभन्दा बढि लम्पी स्किन रोगबाट दोलखाको वैतेश्वर गाउँपालिकामा १ हजार ५ सय १२ वटा पशुहरु संक्रमित भएका छन भने भीमेश्वर नगरपालिकामा ५ सय ५६ पशुहरु संक्रमित भएका छन । त्यस्तै तामाकोशी गाउपालिकामा ३ सय ९६, कालिञ्चोक गाउपालिकामा १ सय ५४, शैलुङ गाउपालिकामा १ सय ५०, विगु गाउपालिकामा १ सय ५०, जिरी नरपालिकामा १ सय १५, गौरीशंकरमा ९८ र मेलुङ गाउँपालिकामा ५० वटा पशु संक्रमित भएका छन । लम्पी स्किन विरुद्धको ७ हजार मात्रा खोप खरिद : त्यसैगरी जिल्लामा अहिले ५२ वटा पशुहरु मरिसक्दा केन्द्रले बल्ल खोप ल्याएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनपछि भेटेरिनरी अस्पतालले आन्तरिक स्रोतबाट लम्पी स्किन विरुद्धको ७ हजार मात्रा खोप खरिद गरेको हो । भेटेरिनी अस्पतालले एक डोजको १ सय ३० रुपैया पर्ने गरी ७ हजार मात्रा खोप खरिद गरेको छ । आन्तरिक बजेट ९ लाख १० हजारमा उक्त खोप खरिद गरेको चौधरीले बताउनुभयको छ । उहाँका अनुसार उक्त भ्याक्सिन वैतेश्वर गाउँपालिका, कालिञ्चोक, मेलुङ, तामाकोशी, विगु, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकामा वितरण गरेको छ । प्रत्येक पालिकालाई एक हजार मात्राका दरले लम्पी स्किन विरुद्धको खोप पठाइएको हो । जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिका आफैंले खोप खरिद गरेका छन । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ । यो रोग लागेमा यस्ता लक्षण देख्ने बित्तिकै प्राविधिकलाई सम्पर्क गर्ने,बाह्य परजिवीको नियन्त्रण गर्ने,रोगी र निरोगी पशुहरु छुट्टाछुट्टै राख्ने र जैविक सुरक्षामा ध्यान दिने र पशुको ओसार पसार नगर्ने जस्ता कार्यहरु गर्ने गर्नुपर्दछ।

Shares

Be the first to comment on "दोलखामा लम्पी स्किन रोगले २ हजार बढी पशुहरु संक्रमित , ५२ वटा पशु मरे"

Leave a comment

Your email address will not be published.


*