सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना, ३ सय ५० विरुवा रोपियो

राजकुमार भुजेल (निर),चरिकोट। दोलखाको भीमेश्वर नगरपालिका वडा नं ८ मा रहेको न्यु जेनेरेशन युवा क्लब बोचले सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । शनिबार उक्त क्लबले “green बोच clean बोच” भन्ने मुल नाराका साथ सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो । गौरेश्वर मन्दिर चरङ्गे, धनेश्वर मन्दिर घुम्ती,सानेहलेश्वर मन्दिर कृषि तथा देवी माध्यमिक विद्यालयमा सरसफाई तथा वृक्षरोपण गरेको क्लबका अध्यक्ष सुवास बस्नेतले जानकारी दिनुभयो। त्यस्तै लौठ सल्ला र कल्कि तथा अन्य विभिन्न जातजातिका वोटविरुवाहरु गरि ३ सय ५० विरुवा वृक्षरोपण गरेको उहाँले बताउनुभयो।

Shares

Be the first to comment on "सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना, ३ सय ५० विरुवा रोपियो"

Leave a comment

Your email address will not be published.


*