वडा भित्र उत्कृष्ट कार्य गर्ने व्यक्ति सम्मानित

चरिकोट (दीस) – दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ७ ले वडाले वडा भित्र विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ । शनिबार भएको कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धर सम्मानित व्यक्तिलाई सम्मान गर्नु भएको थियो ।

सम्मानित हुनेमा सामुदायिक विद्यालयका उत्कृष्ट प्रधानाध्यापकमा कुटीडाँडा माध्यमिक विद्यालयका शंकर लाल श्रेष्ठ , उत्कृष्ट शिक्षकमा सहायक प्रधानाध्यापक ईश्वर चौलागाई ,उत्कृष्ट शिक्षकमा हरिकृतन आधारभूत विदुु्यालयका कृष्ण बहादुुर मुग्राती,कुप्री आधारभूत विद्यालयबाट कृष्ण प्रसाद सुवेदी,विरेन्द्र आधारभूतबाट धिरज आपगाईं,साखिने आधारभूत विद्यालयबाट सन्तोषी थापा राउत,सेतीदेवी मावि काउलेबाट लक्ष्मण पाख्रिन रहनु भएको छ ।

त्यसैगरी निजामति कर्मचारी तर्फ वडाका उत्कृष्ट कर्मचारी भवेन्द्र थापा , निर्मला बस्तेत , उत्कृष्ट स्वास्थ्यकर्मीमा मकैबारी स्वास्थ्य चौकीकी लक्ष्मी केसी सम्मानित हुनु भएको वडाअध्यक्ष विनोद तामाङले बताउनु भयो । वडाले जेष्ठ नागरिकलाई समेत सम्मान गरेको छ । ९० बर्ष उमेर काट्नु भएका दल बहादुर खड्का ,मित्रलाल चौलागाईँ र हरि बहादुर मगर सम्मानित हुनु भएको छ ।

वडाले वडा भित्र रहेका पुर्व जनप्रतिनिधीलाई सम्मान गरेको छ। वडा अध्यक्ष तामाङका अनुसार सम्मानित हुने पूर्व जनप्रतिनिधि कैलाश कुमार श्रेष्ठ,नरम कुमारी शाह,तारा मुग्राती,अर्जुन लामा,हरिकृष्ण बस्नेत, कर्ण बहादुर शाही,नेत्र बहादुर बस्नेत,खेम बहादुर थापा,राजकुमार थापा,कृष्ण बहादुर कार्की,रामबहादर भुुुुुुजेल,नेत्र बहादुर तमाङ,नारायण बहादुर भुजेल रहनु भएको छ । स्थानीय समाजसेवी बुद्धिजीवी नरेन्द्र बहादुर बस्नेत,पूर्ण बहादुर थापा ,रत्न बहादुर केसी,शिववहादुर बस्नेत,वीर बहादुर मोक्तान,मेख बहादुर तमाङ,जेठी भुजेललाई सम्मान गरेको छ ।

वडाले उत्कृष्ट उपभोक्ता समितिलाई सम्मान गरेको छ । उत्कृष्ट उपभोक्ता समितका नेवार गाउँ ढुुुुुुुुुुुुुङेगधारा निर्माण रेक बहादुर श्रेष्ठ र उत्कृष्ट कृषक शेर बहादुर तमाङलाई सम्मानित हुनु भएको छ।
वडामा राम्रो योगदान गर्नेलाई कार्यसम्पादन तथा उत्प्रेणा मिल्ने भएकाले सम्मान गर्ने अभियान लिएको वडा अध्यक्ष तमाङले बताउनु भयो । “हामी अभियान बर्षेनी जारी राख्ने छौ , सम्मान अभियानले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्ने दण्ड गर्ने वडाको नीति रहको छ ”अध्यक्ष तामाङले भन्नु भयो ।

Shares

Be the first to comment on "वडा भित्र उत्कृष्ट कार्य गर्ने व्यक्ति सम्मानित"

Leave a comment

Your email address will not be published.


*