काभ्रेमा फैलियो लम्पी स्किन

काभ्रेपलाञ्चोक(दीस)ः काभ्रे जिल्लाका प्रयाः सबै स्थानमा पशुहरुमा लाग्ने लम्प्ी स्कीन रोग फैलिएको पाइएको छ । जिल्ला सबै स्थानीय तहहरुमा सो रोग फैलिएको पाइएको हो ।
जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको तथा जिल्लाका १३ वटै स्थानीय तहमा यो रोग फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
जिल्लामा पहिलोपटक धुलिखेल नगरपालिका वडा नम्बर दुईको रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताउनुभयो । रोगको सङ्क्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन् ।
जिल्लामा देखिएको रोगका कारण रु ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा छ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्दले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाएको छ । उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ ।
यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको मानिन्छ ।

Shares

Be the first to comment on "काभ्रेमा फैलियो लम्पी स्किन"

Leave a comment

Your email address will not be published.


*