वडा कार्यालयमा तालाबन्दी

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर दुईको वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । वडा कार्यालय रहेको घरबाट कार्यालय प्रताप स्मृती प्रतिष्ठानको भवनमा सार्न लागिएको भन्दा उनीहरुले तालाबन्दी गरेको हुन् ।
पदीय दुरुपयोग गर्दै वडा कार्यालय रहेको भवनबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयहरुले त्यसको प्रतिरोध गर्न वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । यस विषयमा वडा नम्बर दुईका वडा अध्यक्ष रोहीत बुढाथोकीलाई दीक्षण दैनिकले जिज्ञासा राख्दा अहिले भइरहेको स्थानबाट वडा कार्यालय सार्नेबारे कुनै निर्णय नभएको बताउनु भयो । केही तालिम र गोष्ठी जस्ता कार्यक्रम प्रताप स्मृति भवनको हलमा संचालन गरिएको कुरालाई अन्यथा सोची केही स्थानीयले वडा कार्यालय सार्न लाग्यो भनी तालाबन्दी गरेको उहाँको भनाई छ । अहिले सम्म वडा नम्बर दुईको वडा कार्यालय भवन निर्माण भएको छैन ।

Shares

Be the first to comment on "वडा कार्यालयमा तालाबन्दी"

Leave a comment

Your email address will not be published.


*